पावन शक्तिपीठ छिन्नमस्तामा एक पटक अवश्य आऔं । यहाँहरुको सुखद् आगमनकालागि हामी प्रतिक्षारत छौं ।

परिचय

peaceocean6

सप्तरी जिल्लाको छिन्नमस्ता गाउँ विकास समितिस्थित सखडा गाउँमा अवस्थित छ, सखडेश्वरी छिन्नमस्ता भगवती शक्तिपीठ । यो पीठ सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित सप्तरीको सदरमुकाम राजविराजदेखि १० किलोमीटर दक्षिण भारतीय सीमा क्षेत्रमा पर्दछ । आदिशक्तिस्वरूपा देवी सखडेश्वरी भगवती सप्तरी वा पूर्वाञ्चलको मात्र नभई देशलाई विश्व सामु चिनाउनसमेत सफल भएको छ ।

छिन्नमस्ता गाविसमा अवस्थित भगवतीलाई छिन्नमस्ता भगवती, सखडा भगवती, सखडेश्वरी, सखडा माता भनेर पूजा–अर्चना र भाकल गरिन्छ । हालको छिन्नमस्ता गाविस पहिला सखडा गाउँ पञ्चायत नै थियो । पंचायतको पुनर्सीमांकनको क्रममा गाविसको नाम छिन्नमस्ता राखिएको हो । सखडेश्वरीको मस्तक अर्थात शीर नभएका कारण स्थानीय भक्तजनले छिन्नमस्ता तथा छिन्नमस्तिका भगवती भनेर सम्बोधन गर्न थालेका हुन् । भगवतीको नामबाट गाविसको नाम राखिएको हो ।

सखडेश्वरी सिम्रौनगढका कर्णाटवंशी राजा शक्रसिंहको कुलदेवी रहेको इतिहासमा उल्लेख छ । राजा शक्रसिंह भाइ–भारदारको दबाबका कारण आफ्ना छोरा कुमार हरिसिंहदेवलाई राजकाज सुम्पेर शेष जीवन बिताउन सप्तरीको सखडा क्षेत्र आएका थिए । त्यतिबेला सखडा क्षेत्र घना जङ्गलले भरिएको थियो । त्यसै बेला राजा शक्रसिंहलाई भगवतीले सपना दिइन र भनिन्— तिमी जुन स्थानमा बसिरहेका छौ, त्यस स्थानमा त्रिशुल गाडिएको भेटिनेछ र त्यहाँ अरु मूर्ति पनि छेउ–छाउमा पाउने छौं । ती मूूर्तिहरूको पूजा–आजा गरेर बस, तिम्रो भलो हुनेछ । उपरोक्त कुरो भनेर देवी भगवती अन्तध्र्यान भइन् । देवी भगवतीले सपनामा दिएको निर्देशन अनुसार राजा शक्रसिंहले त्रिशुल गाडिएको क्षेत्रमा माताको मूर्ति जलाशय अर्थात हालको शान्ति सागरको किनारमा मूर्तिहरू फेला पारेको किंवदन्ती रहेको छ । सोही स्थानमा भगवतीको मूर्ति स्थापना गरेर पूजाआजा गर्न थाले । उनले आफ्नो बाँकी जीवन माताकै सेवामा बिताएको इतिहासविद्को तर्क छ ।

एघारौं शताब्दीको अन्त्यतिर भारत कलकत्ताका शासक गयासुद्दीन तुगलकको मुसलमानी आक्रमणकारी दलले सप्तकोशी नदीको किनारको बाटो हुँदै सखडा पीठ ध्वस्त ग¥यो । मन्दिर ध्वस्त गर्ने क्रममा उनीहरूले त्यहाँका मूर्तिहरू समेत तोडफोड गरी जलाशयमा फ्याकी दिए । मन्दिरको मूर्ति तोडफोड गरेर मुसलमानी आक्रमणकारी दल अगाडि बढ्यो । सोही क्रममा सखडादेखि १५ किमी पश्चिम–उत्तरस्थित सप्तरी जिल्लाकै मानराजा गाविसको गढीका मूर्तिहरू समेत तोडफोड ग¥यो । आक्रमणकारी दल काठमाडौंसम्म पुगेको इतिहास छ । त्यस क्रममा उनीहरूले सिम्रौनगढमा पनि तोडफोड मच्चाएका थिए ।

मुसलमानी आक्रमणपछि पुनः सखडा क्षेत्र जङ्गलमा परिणत भएको अनुमान गरिन्छ । मन्दिरको पूर्वपटि घना झाडी थियो, जसलाई अहिले पंचमुखी नागवाटिका र केवला वन भनेर चिनिन्छ । यस स्थानमा समय समयमा पंचमुखी नागदेवताले दर्शन दिने गरेका छन् ।

कालान्तरमा सखडाको घना जंगलले मानव बस्तीको रूप लिँदै गयो। घना जङ्गल सफा गर्ने क्रममा मन्दिरको अवशेष देखियो । उक्त अवशेषलाई स्थानीय बासिन्दाले संरक्षण गर्न थाले । सखडा क्षेत्रका विर्तवाल परिवारका च्याखुरी नानी नामकी विधवाले जलाशयको जिर्णोद्धार गराइन् । त्यस क्रममा खण्डित मूर्तिहरू भेटिए । ती खण्डित मूर्र्तिहरूलाई पोखरीको डिलमा स्थापित गरी उनले पूजाआजा गर्न थाले । आसपासका गाउँलेले समेत पूजाआजा गर्न आउन थाले ।

तत्कालीन सेनवंशी राजाले भगवतीको पूजा–आजा गर्न बिर्ता प्रदान गरे । पछि शाहवंशी गोर्खाली राजाको उदय भएपछि भगवतीको विर्ता हरण गरियो । तर वि.सं. १८५० मा राजा राजेन्द्रविक्रम शाहले पुनः बिर्ता थामी दिए । कुल १२ बिगहा बिर्ता मन्दिर संरक्षण सम्वद्र्धन तथा पूजा–आजाका लागि हेमकुमार, ब्रजनाथ आ सुरेश तीनै उपाध्याय दाजुभाइलाई दिइएको थियो ।

भगवती मन्दिर पुनर्निर्माणको क्रममा वि.स. २०२८ मा भारतीय रेलमन्त्री ललित नारायण मिश्रले सखडेश्वरी भगवतीको महिमाबाट प्रभावित भएर चारैतिर बरण्डा भएको शिखरशैलीको मन्दिरको प्रारम्भिक काम गराएका थिए ।

— विमान आकाशमा उडिरहेको अवस्थामा अचानक खराब भयो । चालकले दुर्घटनाको आशंका गरी प्यासुट लिएर हाम फाल्न शंकेत गरेपछि तत्कालिन रेलमन्त्री मिश्रले सखडेश्वरी भगवतीको स्मरण गरेपछि बिमान स–कुशल अवतरण भयो ।

रेलमन्त्री मिश्रले मन्दिरका साथै धर्मशाला पनि बनाए । यहाँ सखडा निवासी रामनाथ चौधरीले कच्ची धर्मशाला बनाएका थिए । एक चौरसिया परिवारले पनि यहाँ एक राम्रो पक्की धर्मशाला बनाएको छ ।

वि.सं. २०४४ मा नेपाल नरेश विरेन्द्रले आफ्नो पूर्वाञ्चल भ्रमणको क्रममा मन्दिरको थप निर्माणका लागि पाँच लाख रूपैयाँ प्रदान गरे । त्यतिबेला अञ्चलाधीश सूर्यबहादुर सेनओलीको निर्देशनमा पेगौडा शैलीको मन्दिर निर्माण गरियो । सखडेश्वरी भगवती मन्दिर निर्माण तथा विकासमा छिन्नमस्ता गाविसका पूर्व अध्यक्ष सत्य नारायण यादवको उल्लेखनीय योगदान रहेको छ । वर्तमानमा मन्दिरको रेखदेख तथा संरक्षणका साथै साजसज्जा विकास निर्माणमा पीठाधीश महाकान्त ठाकुर र मन्दिर समितिको महत्वपूर्ण भूमिका रहेको छ । यसैगरी भगवती मन्दिरको संरक्षण सम्वद्र्धनमा विर्तवाल अधिवक्ता अविनास प्याकुरेलका पूर्वजको विशेष योगदान छ ।

मुर्तिको विशेषता

Untitled-3.psd

सखडेश्वरी मन्दिरमा भगवतीको कालो रङ्गको पत्थरको मूर्ति स्थापित छ । भगवतीको मूल मूर्र्ति महिष मर्दिनीको खुट्टाको तल राँगाको शीर कुँदिएको देखिन्छ । महिष मर्दिनीको दायाँबायाँ भैरवी, चामुण्डा, छिन्नमस्ता, दक्षिणकाली र गणेशको मूर्र्ति स्थापित छ ।

शक्तिपीठमा स्थापित मूर्र्तिको स्वरूपलाई छिन्नमस्ता भनिए पनि महिषासुरमर्दिनीको रहेको विद्वान एवं अनुसन्धानकर्ताहरूको तर्क छ । नवरात्रको समयमा यस क्षेत्रमा बनाइने मूर्तिमा सिंहमा सवार महिषमर्दिनीले असुरको प्रतीक राँगाको वध गर्दै गरेको देखाउने परम्परा छ । सप्तरीको तिलाठी निवासी प्रसिद्ध ज्योतिषी यदुनन्दन मिश्रले वि.सं. १९८४ मा मन्दिरमा चढाएको ठूलो घण्टामा जिल्लै सप्तरी प्रगन्ना पकरी मौजे तिलाठी पंडीतजी यदुनन्दन मिश्र तस्य धर्म भार्या जगदम्बा शक्रेश्वरी भगवती महिष मर्दिनी श्री त्यव्रीत यं घंटा समर्पणाम् भैरवी चामरादात् महिष मर्दिनी प्रदाकाली जगदम्बा सरस्वती रक्षन्तु सर्व कालेषु प्रार्थिता यदुनन्द भनी कुँदिएको छ ।

मन्दिर अगाडिको शान्ति सागरpeaceocean2

माता सखडेश्वरी भगवती मन्दिरको अग्रभागमा पाँच सय वर्गफिटको सुन्दर जलाशय छ । जलाशयको विशेषता के छ भने समय–समयमा खडेरी पर्दा पनि जलाशय कहिल्यै सुकेन । जलाशयान कमल फूल फूल्थ्यो । त्यही कमलको माला गुँथेर देवीलाई समर्पण गरिन्थ्यो । जलाशयमा सुनको बुलाकी लगाएको विशाल कायाको माछा देखिन्थ्यो ।

बयलगाडाका जमानामा व्यापारीहरुले सखडाको बाटो प्रयोग गर्दथे । उनीहरु यस जलाशयको डिलमा थकाई मार्थे र पोखरीको पवित्र जलले तिर्खा मेटाउँथे । एउटा आश्चर्य के बताइन्छ भने व्यापारी वा बटुवाहरूले खाना पकाउनुप¥यो भने भाडा–बर्तनका लागि मातासमक्ष बिन्ति गर्दथे । जलाशयको बीचभागबाट भाडा–बर्तन पानीमा तैरेर किनारमा आउँथ्यो । भाडा वर्तनको प्रयोगपछि सफा गरेर पोखरीकै जलमा समर्पण गरिन्थ्यो ।

वि.सं. २०१३ मा राजा महेन्द्रले मंदरको भ्रमणको क्रममा पोखरी जीर्णोद्वारका लागि एक हजार रुपैयाँ दिएका थिए । पोखरीको पानी सुकाउन १४ वटा दमकल चलाइयो । तर सात दिनसम्म दमकल चल्दा पनि पोखरीको पानी कम भएन । माताको बिन्ती गरेपछि मात्र पानी सुक्ने क्रम सुरु भयो । पोखरी जिणोद्धार गर्दा एउटा सिक्का भेटियो । सिक्कामा लेखिएको कुरा कसैले ठम्याउन सकेन । उक्त सिक्का विर्तवाल हेम कुमार उपाध्यायको घरमा राखियो पछि सिक्का काठमाण्डु लगिएको बताइन्छ ।

पीठमा चढाइने बोकाको रगत पोखरीमै मिसिए पनि जलाशयको स्वच्छतामा कुनै कमी आएको छैन । जलाशयको मध्यभागमा स्थापित स्तम्भमाथि कमलदलमा श्रीयंत्र अंकित गरिएको छ, जसले जलाशय र पीठको सौन्दर्य बढाएको छ । जलाशयको चारैतर्फ पक्की तथा व्यवस्थित घाट निर्माण गरी बगैंचा लगाइएको छ । मन्दिर क्षेत्रमा बनभोज स्थल, गाडी पार्किङ्ग पोखरीमा स्नान घाट निर्माण गरिएको छ । शक्तिपीठ परिसरमा निर्माणाधीन दश महाविद्या मन्दिरमा काली, तारा, त्रिपुर सुन्दरी, भुवनेश्वरी, त्रिपुर भैरवी, छिन्नमस्ता, धुमावती, बगलामुखी, मातंगी र कमलाको मूर्ति स्थापना गरिने लक्ष्य रहेको छ ।

शक्तिपीठको महत्व

माताको महिमाको विषयमा जति चर्चा गर्दा पनि कमै होला । सखडेश्वरी भगवतीको शरणमा शीष झुकाउनेहरूको मनोकामना पूर्ण हुने विश्वास छ । यस पीठमा यसअघि सतचण्डी रुद्र महायज्ञ २ पटक र सहस्रचण्डी रुद्र महायज्ञ तथा शिवशक्ति रुद्र महायज्ञ १–१ पटक सफलतापूर्वक सम्पन्न भएका छन् । समय समयमा हुने यस्ता विशेष धार्मिक अनुष्ठानहरुले गर्दा यो पावनभूमिको महिमा नेपाल र भारत चारैतिर टाढाटाढासम्म फैलिएको छ ।

यो शक्तिपीठमा तान्त्रोक्त पद्धतिबाट पूजा हुँदै आएको छ । मन्दिर परिसरमा रहेको भगवान बिष्णु, महादेव, हनुमान, शनि सहितका देवी–देवताको मन्दिरमा मूल देवीपछि पूजा गरिन्छ । असोज र चैतको दशैंमा मन्दिरमा बिशेष अनुष्ठान हुन्छ । दशैंमा देशमै सबै भन्दा बढी बोकाको बली यसै पीठमा हुने गर्दछ ।

सखडेश्वरी भगवतीको बिषयमा एउटा यस्तो जनश्रृति छ— एक समयमा बिर्तवाल परिवारमा रोग ब्याधीको प्रकोप फैलियो । जति औखति गर्दा पनि निवारण नभएपछि सखडेश्वरी भगवती कहाँ गएर बिन्ति गर्दै भाकल गरियो ।

हे दुख हरणी मैया, सबैको कल्याण तिमीले गर्दछौं तर आज मेरो परिवारमा यस्तो बिघ्न आईपरेको छ । मेरो परिवार रोग ब्याधीबाट मुक्ति पाएपछि शीरयुक्क्त मुकुट बनाएर चढाउने छु ।

माता भगवतीको कृपाले बिर्तवाल परिवार रोग–ब्याधीबाट मुक्त भयो । भगवतीको महिमाबाट प्रसन्न भएर बिर्तवाल परिवारले चाँदीको मुकुट बनाएर चढायो ।

कुनै समय श्री ३ शमशेरका महारानीले भगवतीलाई ११ वटा चाँदीको सिक्काको चढाएको पीठाधीश महाकान्त ठाकुरको कथन छ । राजा पृथ्वीनारायण शाह राज्य एकीकरण गरेपछि सखडेश्वरीको दर्शन गरेका थिए । उनले पनि बाइसी चौबिसी राज्य एकीकरण गरेपछि भगवतीलाई चाँदीको मुकुट चढाएका थिए ।

नेपाल तथा भारतका उच्च पदस्थ अधिकारीहरू हरेक वर्ष कम्तिमा एक पटक माताको दर्शन गर्न आउँछन् । बि.सं. २०६२ मा राजा ज्ञानेन्द्र समेत आएका थिए । उनले पोखरी जिर्णोद्धार निम्ति रकम निकासा गराई दिएका थिए । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव वि.स. २०६६ सालमा शक्तिपीठमा दर्शन तथा पूजा–आजा गर्न आएका थिए ।

शक्तिपीठ घोषणा

वि.सं २०६७ असोज ९ गते छिन्नमस्ता सखडा मन्दिरलाई नेपालका प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्यजी महाराजले शक्तिपीठ घोषणा गनुएभयो । मन्दिरका महन्थको जिम्मेवारीमा रहेका मूल पुजारी महाकान्त ठाकुरलाई पीठाधीशको पदवीबाट विभूषित गर्नुभयो ।

दक्ष यज्ञ-ध्वंश घटनामा सतीको पछाडिको तिघ्राको अंश यसै पीठमा झरेको विश्वास गरिन्छ । यहाँ बडा दशैं र चैते दशैंमा सतीको अनुष्ठान गरिन्छ । त्यस बखत सती प्रकट हुने गरेको विश्वास गरिन्छ ।

छिन्नमस्ता सखडन शक्तिपीठमा श्री १००८ श्री लक्षचण्डी रुद्र महायज्ञ आयोजना गर्ने लक्ष्य लिई वि.सं. २०७१ चैत ७ गते संकल्प लिइएको छ । २०७१ चैत्र ३० गते जगतगुरु बालसन्त मोहनशरण देवाचार्यजीको उपस्थितिमा महायज्ञको तिथि घोषणा गरियो । महायज्ञका लागि २०७२ चैत्र १५ गते शोभायात्रा तथा चैत्र २६ गते भूमिपूजन एवं ध्वजारोहण गरिएको छ । २०७३ असार ३० गतेदेखि राष्ट्रिय शान्ति मेची–महाकाली रथयात्रा सञ्चालनमा छ । नेपाल र भारतका शंकराचार्य, पीठाधीश, मठाधीश, सन्त, महन्तको सानिध्यमा ३५०० पंडितद्वारा २०७३ चैत्र १६ गते महायज्ञ सुरु हुने कार्यक्रम रहेको छ । राष्ट्रिय शान्ति मेची–महाकाली रथ शान्ति, कल्याण एवं सहकार्यको सन्देशका साथ देशका सबै जिल्लाको मठ–मन्दिर पुग्ने लक्ष्य लिएर यज्ञस्थल सखडाबाट असार ३० गते बिहीबार प्रस्थान गरेको छ । साढे चार महिनाको स्वदेश भ्रमणपश्चात रथ पुनः साढे चार महिना लगाएर भारतको बिहार राज्यको ३८ जिल्लामा जनसम्पर्क गर्नेछन् ।

बली प्रदान

यस शक्तिपीठमा बोकाको बली प्रदान गर्ने परम्परा छ । दैनिक हजारौं बली प्रदान भए पनि कुनै प्रकारको गन्ध तथा झिँगासम्म लाग्दैन । यतिमात्र होइन बलीको रगतको छिट्टा परे पनि लुगामा दाग लाग्दैन । भाकल पुरा भएपछि कतिपय भक्त ढोल पिपही बजाएर बलीको बोका चढाउन आउँछन् ।

महत्व एवम् बिशेषता

माता भगवतीमा फूलहाइस गराई सन्तान प्राप्ति तथा मनोवाञ्छित फल पाउने विश्वास छ । जस्तोसुकै संकटपूर्ण अवस्थामा माता सखडेश्वरीको स्मरणमात्रले माताको सहायता प्राप्त हुने जनविश्वास छ । मन्दिरमा प्रायः दैनिक वैवाहिक कार्यक्रम चलिरहन्छ । नवविवाहिता जोडीले माता सखडेश्वरीको आशीर्वाद लिने चलन छ ।

देश विदेशको जुनसुकै तीर्थको यात्रा गरे पनि एकपटक छिन्नमस्ता सखडेश्वरी भगवतीको दर्शनले मात्र तीर्थयात्रा फलदायी हुने विश्वास गरिन्छ । हुन त यहाँ बाह्रै महिना भक्तजनको भीड हुन्छ । तर बडा दसैंमा पीठमा भव्य मेला लाग्दछ । स्थानीय सुरक्षा निकाय, मन्दिर समिति र युवा दलले शान्ति सुरक्षा बनाएर राख्छन् ।

यहाँ नेपाल र भारतका भक्तजन हजारौंको संख्यामा माताको दर्शन र पूजा गर्न र बोका चढाउन आउँछन् । मन्दिरमा छालाजन्य वस्तु जुता, बेल्ट, ज्याकेट आदि मन्दिरभित्र लैजान निषेध छ । सवारी साधन खरिद गरेपछि हरेक व्यक्ति माताको मन्दिरमा पूजा गर्न अनिवार्यतः आउँछन् । सवारी साधनको पूजा गरेपछि अनिष्टबाट सुरक्षा हुने विश्वास गरिन्छ । पीठमा मुण्डन, व्रतबन्ध आदि अनुष्ठान पनि नियमति रूपमा भइरहेको हुन्छ ।

हरेक अनुष्ठानपछि पीठमा कुमारी पूजा र कुमारी भोजन गराउने परम्परा छ । कुमारीको रुपमा माता भगवती स्वयं भोजन ग्रहण गर्नु हुने विश्वास गरिन्छ । पीठमा हरेक साँझ दीयो बाल्न टाढाटाढासम्मका स्त्रीगण आउने गर्दछन् । मन्दिरमा दीयो प्रज्वलनले घरपरिवारमा शान्ति र समृद्धिको प्राप्ति हुने विश्वास रहेको छ ।

पूजा पद्धती

सखडेश्वरी छिन्नमस्ता भगवती मन्दिरमा पूजा–आजा तथा संरक्षणका लागि विर्ता दिइएको थियो । विर्तवालले मंदिरको पूजा–आजाका लागि काचन गाउँका एक ब्राह्मण नियुक्त गरेका थिए । पछि वर्तमान पीठाधीशका पिता देवु ठाकुरले पूजा–आजा सुरु गरे ।

कालान्तरमा एक पटक तान्त्रोक्त पद्धतिबाट माताको पूजा अवरुद्ध भयो, जसले गर्दा अनिष्ट घटनाहरू देखिन थाल्यो । त्यो क्रमले निरन्तरता पाउँदै गएपछि भारतको कामरूप कामाख्याबाट तान्त्रिक बोलाएर तान्त्रोक्त पद्धति पुनः सुरु गरियो । त्यसपछि सखडा क्षेत्र संकटमुक्त भएको स्थानीय कथन छ ।

दसैंमा महाअष्टमीको राति विशेष अनुष्ठान गरिन्छ, जसलाई निशां पूजा गरिन्छ । निशां पूजाका बेला पनि बोका बली हुन्छ । निशां पूजाका बेला भगवती प्रकट हुने विश्वास छ । उक्त पूजामा मत्स्य, मांस, मदसमेत भोग लगाइन्छ । महाअष्टमीका राति माताले महाकालीको रुप धारण गरी शुम्भ निशुम्भको बध गरेको धार्मिक ग्रन्थमा उल्लेख छ ।

खुल्ने र बन्द हुने समय

सखडेश्वरी छिन्नमस्ता भगवती मन्दिरमा पूजा–आजाका लागि समय सीमा समेत तोकिएको छ । मन्दिरको द्वार प्रातः ४ वजे खुल्छ । माताको पञ्चगव्य स्नान् (अभिशेष) गराइन्छ । प्रातः ७ बजेभित्र पूजा सम्पन्न गरिन्छ । हरेक दिन पहिलो बली मन्दिरभित्र र अन्य बलि बाहिर बलि स्थानमा चढाइन्छ । अन्य समयमा पनि भक्तजनले चाहेमा मन्दिरभित्र बलि चढाउन पाउँछन् ।

अपरान्ह १२.१५ वजे भोग लगाएर दिउँसो २ वजेसम्मका लागि मन्दिरको द्वार बन्द गरिन्छ । दिउँसो २ बजे मन्दिरको द्वार खोलिन्छ । तत्पश्चात रात्री ८ बजे आरती र रात्री ९ बजे ५६ भोग लगाइन्छ । मन्दिरमा चढाइएको प्रथम बलिको मासु पकाएर भोग लगाइन्छ ।

छिन्नमस्ता शक्तिपीठमा बास बस्नकालागि परिसरमै र मन्दिरदेखि पूर्वपट्टी सुविधाजनक चौरसिया धर्मशाला निर्माण गरिएको छ । यसअतिरिक्त यहाँको कला, संस्कृति एवम् जनजीवन अवलोकनका साथै मिथिला भोजनको समेत सुविधा रहेको छ ।

यातायात

पूर्व–पश्चिम राजमार्गको लहान–रुपनी–राजविराज हुँदै वा कोशी बैरेज–भारदह–राजविराज हुँदै बस, सिटी रिक्सा वा निजी साधनले सखडा पुग्न सकिन्छ । भारतको बिहार सहर्षा–मधुवनी एनएच ५७ को भुटहाबाट न्यौर–गोविन्दपुर ससखडा पुग्न सकिन्छ । छिन्नमस्ता शक्तिपीठसम्म पुग्नकालागि पक्की बाटो भएर सहज रुपमा यात्रा गर्न सकिन्छ ।

Our Services

We Provide Many Service for you to Come and Visit Chhinnamasta Bhagwati.
POOJA
We Provide Mnay Kind of Pooja like Bhoomi Pooja, Car Pooja, Daily Morning and Evening Pooja.
MARRIAGE
We Provide Space for Marriage on Temple With Comfortable Residental facilities.
BHOOMI POOJA
We Provide Land & House Pooja With our Professional Acharya.
WHATServicesWE PROVID
DARSHON
We Provide Darshon Program Everyday Morning to Night wel come and Darshon Chhinnmasta Bhagwati
PRASHAD
We Distribute Prasad at morning 9 am to evening 7 am hole day for visitor at Chhinnamasta Bhagwati.
CAR POOJA
We also Provide Car and orther vechicle poojawith parking space.

Recent Blog

Our Update Programs and News for More Tourist information to visit chhinnamasta bhagwati.